८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

साओमीका दुई उत्पादन बजारमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले मिपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर  र अल न्युमी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ। छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरण अत्यन्त उपयोगी  रहेको कम्पनीले जनाएको छ।

मिपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो। जसको सहायताले बाहिरी पावर सप्लाईबिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा र जहाँँ भए पनि इनफ्लेट गर्न सकिनेछ। त्यस्तै, मी एयर प्युरिफायर–३ साओमीको लाइन–अपमा  रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर  रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

सो कम्प्रेसर गुणस्तरीय एबिएसबाट बनेको  र यसमा करेन्ट/प्रिसेट टायरको चाप हेर्न मिल्ने एलइडी डिस्प्ले स्क्रिन  र बिल्ट–इन दुई हजार मेगाहर्जको लिथियम ब्याट्री रहेको कम्पनीको दाबी छ। सो एयर कम्प्रेसरको मूल्य पाँच हजार नौ सय ९९ रूपैयाँ  र गरिमी एयर प्युरिफायर–३ को मूल्य २३ हजार चार सय ९९ रूपैयाँ  रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७८ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App