अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।
बुधबार नेपालआर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने बताए।
आर्थिक पत्रकार सम्मान केशव गौतमलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गर्दै मन्त्री शर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनःलयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताए।
मुलुकको अर्थतन्त्र मजबुद बनाउनै लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको मन्त्री शर्माले बताए।
सो अवसरमा मन्त्री शर्माले मुलुकको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशःविकास गर्दै जानुपर्नेमा जोड दिए।
विकासका लागि साधन स्रोतको कुनै कमी नभएको उल्लेख गर्दै मन्त्री शर्माले व्यवस्थापकीय कलाको मात्र कमी भएको बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंककागर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको जिकिर गरे।
प्रकाशित: ८ मंसिर २०७८ ०९:५९ बुधबार