३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हुम्लाको लिमीमा सकियो जनगणना

राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ। गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ।  

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ। निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन्। लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए। सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन्। जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए। उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए। गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए। यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ।

जडीबुटी सङ्कलनले गणकलाई फारम भर्न समस्या

जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन्। यसले उनीहरुको विवरण सङ्कलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताए। 'अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्', उनले भने।

जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन्। सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी सङ्कलन गर्न वन गएका छन्। उनीहरु पुसपछि मात्रै घर फर्किन्छन्। रासस

प्रकाशित: ७ मंसिर २०७८ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App