२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

हस्तकला व्यापार मेला सुरु

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्। 

मेला मंसिर ५ गतेसम्म्म चल्ने बताइएको छ। उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिको पहिचान भएको बताउँदै यसलाई विश्वस्तरमा बजारीकरण गर्नुपर्नेमा जोड दिए। हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिबद्ध रहेको पनि उनले बताए। 

हस्तकलामा कोरिएका चित्रहरू, मूर्ति देशको कला, धर्म–संस्कृतिको पहिचान भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्र्रह छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले देशको धर्म, संस्कृतिको पहिचान नै हस्तकला हो भन्दै हस्तकलाले करिब सात अर्बको व्यापार गरेको जानकारी दिए।  

कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाका साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको जनाए। हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई उनको आग्रह छ।

प्रकाशित: ५ मंसिर २०७८ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App