५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

फर्नेस आयल उद्योगमा आगलागी, ५० लाखको क्षति

मोरङको कटहरी गाउँपालिका–४ मा रहेको फर्नेस आयल उद्योगमा आगलागी भएको छ। बुधबार बिहान साढ ५ बजेतिर ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको उद्योगले जनाएको छ। उक्त उद्योगले सवारी साधनका पुराना टायरलाई पुनःप्रशोधन गरेर तेल उत्पादन गर्दै आएको थियो।

ग्लोबल बायो इनर्जी उद्योगका सञ्चालक विनित सिंघानियाका अनुसार उद्योगमा बिहान साढे ५ बजेतिर आगलागी सुरु भएको र दिउँसो मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो। ‘बुधबार बिहान २ बजे उद्योग बन्द गरेर सबै गइसकेका थिए,’ सिंघानियाले भने, ‘तर, कसरी उद्योगमा आगलागी भयो, अच्चमै छौं। विद्युत् सर्ट बाहेक अन्य कुनै विकल्प छैन। आगलागीबाट उद्योगमा ५० लाख जतिको क्षति भएको अनुमान गरिएको छ। एउटा मेसिन बढी क्षति र कतिको कच्चा पदार्थमा क्षति भएको छ भन्ने यकिन विवरण अहिले आएको छैन।’

स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेना र दमकलको सेवा चाँडो प्राप्त गरेकाले धेरै क्षति र चाँडै नै आगलागी नियन्त्रणमा आएको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सबै सुरक्षा निकाय, स्थानीय विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहबी र उर्लाबारीलगायतका स्थानबाट आएका दमकलको आगो नियन्त्रणमा लिएको हो।

तेल उत्पादन गर्दै आएको उद्योगमा लागेको आगो नियन्त्रणमा लिन मुस्किल परेको र विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७८ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App