११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ। आज नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो। हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो।

सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय गोयलले संयुक्तरुपमा सो अवार्ड प्रदान गरेको आयोजक भारतीय पर्यटन बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा अवस्थित यस रिसोर्टमा पछिल्ला केही वर्षमा भारतीय पर्यटक पनि आकर्षित भइरहेका बताइन्छ। केबलकारसहितको यो गन्तव्य नेपालका आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य हो। दक्षिण एसियामा उत्कृष्ट होटल तथा रिसोर्टहरुलाई प्रदान गरिने यस अवार्डबाट सन् २०१९ मा पनि चन्द्रागिरि रिसोर्ट सम्मानित भएको थियो।

प्रकाशित: २७ कार्तिक २०७८ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App