३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

झापामा जेसिबीको आउटलेट

नेपालका लागि जेसिबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

जेसिबीको यो ३५औं आउटलेटबाट ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीको भनाइ छ।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लू अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका हुन्।नयाँ आउटलेटबाट जेसिबीका सम्पूर्ण मेसिन, पार्टपुर्जा तथा अन्तर्राष्ट्रिय स्तरको बिक्रीपछिको सेवा पाइने बताइएको छ।

प्रकाशित: २६ कार्तिक २०७८ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App