२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘मोडालिटी टुंगो नलाग्दा बूढीगण्डकी अन्योलमा’

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मोडालिटीमा टुंगो नलागेका कारण बूढीगण्डकी जलविद्युत् आयोजनाले गति लिन नसकेको बताएका छन्।

आफ्नो गृह र निर्वाचन जिल्ला गोरखा पुगेका भट्टराईले दुई महिनाभित्र बूढीगण्डकीको मोडालिटी टुंगो लाग्ने जानकारी दिए। बूढीगण्डकी आयोजनाबारे सर्वसाधारणले राखेको चासोबारे जानकारी दिँदै भट्टराईले आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको बताए। अस्थिर सरकारको कारण बूढीगण्डकीको यो हालत भएको उनको तर्क थियो।

भेटघाटमा सर्वसाधारणले अमेरिकी सहयोग परियोजना एमसिसीबारे पनि भट्टराईसँग जिज्ञासा राखेका थिए।  

भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वले एमसिसीबारे भ्रम छरेको स्पष्ट पारे। एमसिसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो। उनले एमसिसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। एमसिसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले थपे, ‘एमसिसी पास गरे अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन्। यी सबै भ्रम हुन्।’  

हामीले सहयोग लिएर विकास  गर्नुको विकल्प नभएको तर्क गर्दैउनले भने, ‘अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ,यो गलत हो।’ उनी पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान लिएर गोरखाका सबै गाउँ र नगरपालिकामा पुगेका हुन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App