१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले ओरालो लागेर ९२ हजार ३ सय तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।

महासङ्घकाअनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी सोमबार प्रतितोला रु एक हजार २ सय ५० मा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App