१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुष्प प्रदर्शनी एकैदिन २५ लाखको कारोबार

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ। ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो। गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन। यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ। ‘शुक्रबार र शनिबार जस्तै आर्थिक कारोबार हुने हो भने करिब रु ७० लाखको कारोबार हुन्छ’, अध्यक्ष तामाङले भने। फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ। प्रदर्शनीमा सबैभन्दा बढी गोदावरी फूल अवलोकन कर्ताको रोजाई बनेको बताइएको छ। मेलामा ४४ स्टल रहेको छ भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको  एशोसिएशनको भनाइ छ।

काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले मेलामा भाग लिएका छन् भने मेलामा ४०० प्रजातिका फूल रहेको छ। कारोना महामारी र बेमौसमी पानीको कारण यस वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो। बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले विगतको वर्षमा भन्दा भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ। यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला छन्। माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ।

एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ। यस वर्ष विगत दुई वर्षको तुलनामा  बजारमा १५ प्रतिशत फूलको माग बढी छ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ।व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ।नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ।

प्रकाशित: १३ कार्तिक २०७८ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App