४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लिखतको सेवा शुल्क निर्धारण

मालपोतसम्बन्धी लिखत तयार गरेबापत भू–सेवा केन्द्रले लिने सेवा शुल्क निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायीका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरुको संयुक्त बैठकले शुल्क निर्धारण गरेको मालपोत कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेतमा अनुमति पाएका १०० भूसेवा केन्द्रमध्ये ८० वटाले मालपोतसम्बन्धी सेवा दिइरहेका छन्। आफूखुसी शुल्क लिँदै आएका भू–सेवा केन्द्रले अब सेवाग्राहीबाट कामको प्रकृतिअनुसार निर्धारित शुल्क मात्र लिन पाउनेछन्। मालपोत कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालले नयाँ निर्धारित सेवा शुल्क आइतबारदेखि लागू हुने जानकारी दिए।

मालपोत कार्यालयका अनुसार भू–सेवा केन्द्रले अंशबन्डाको लिखत गर्दा रु दुई हजार तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २००, अंश बुझेको भर्पाईमा रु एक हजार ५०० तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २००, बकसपत्र, छोडपत्र, दर्ताफारी, दानपत्र, राजीनामा, नामसारी र सट्टापट्टासम्बन्धी लिखितको रु एक हजार ५०० निर्धारण गरिएको छ।

त्यस्तै रोक्का–फुकुवाअन्तर्गत पत्रका आधारमा ठाडो रोक्काको लिखतको रु ५००, दृष्टिबन्धकी ९लिखत पारित० रु एक हजार र त्यसको प्रिन्ट गर्नुपरेमा थप रु ३००, व्यक्तिगत दृष्टिबन्धकीको रु एक हजार ५००, दाखिला खारेजअन्तर्गत अदालतको फैसला, मिलापत्र तथा लिलामको लिखत बनाएको रु एक हजार तोकिएको छ।

कित्ता एकीकरण, स्रेस्ता अद्यावधिक, लगतकट्टा, संशोधन, प्रतिलिपि प्रक्रियाको लिखत तयार गरेबापत प्रत्येक सेवाको रु ५०० शुल्क निर्धारण गरिएको छ। अन्य साधारण निवेदनको भने रु ३०० शुल्क तोकिएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०७८ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App