८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो सार्वजनिक गरेको छ। सार्वजनिक महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रूपैयाँ तोकिएको छ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सिबियु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। 

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ।

महिन्द्रा ट्रियोका १० हजार बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो।

पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमि ०.८ रूपैयाँ भन्दा कमको सञ्चालन लागत, दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम एक सयभन्दा कम, फुल चार्ज आठ युनिट, प्रति युनिट १२ रूपैयाँ र एक सय २० किमि गुड्नेलगायत यसमा विशेषताहरू रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ट्रियो इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किमि वारेन्टीसहित रहेको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App