१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कोभिड खोप परीक्षणका लागि नामांकन सुरु

आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।

सनोफी र जिएसकेले नेपालमा पुनः संयोजक प्रोटिन कोभिड–१९ खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्यांकन गर्नका लागि अनुमोदन प्राप्त गरेको हो। 

सुरक्षित, प्रभावकारी र किफायती खोपको खोज, विकास र वितरणका लागि समर्पित एक अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटले नेपालमा तीन अध्ययन साइटहरूमा चार हजार स्वयंसेवक भर्ना गर्ने लक्ष्य लिएको छ। साथै, तीन क्लिनिकल ट्रायलसमेत सञ्चालन हुने जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २१ आश्विन २०७८ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App