२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

मासिक २९ हजार किस्तामा स्कोडा कुसाक

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ। ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुसाक नाम दिइएको योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रूपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुसाक खरिद गर्न सक्नेछन्।  

५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ कुसाक चढ्न पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। सात वर्ष ऋण अवधि रहने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन नहुने कम्पनीले बताएको छ। कम्पनीका अनुसार र्‍यापिड र क्यारोकमा पनि विशेष योजना ल्याएको छ। ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन्।  

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुसाकका तीन भेरियन्ट उपलब्ध छन्। विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पिएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो।

प्रकाशित: १७ आश्विन २०७८ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App