१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा

चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ। उनले टिभिएस आपाचे आरटिआर १६० फोरभी किन्नुअघि सात हजार रूपैयाँ पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनराशी हासिल गरेको कम्पनीले जनाएको छ।

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खालि नहुनेगरी आकर्षक तथा भव्य उपहार प्राप्त गर्नेछन्। 

भदौ १० बाट सुरु भएको यो योजना चाडपर्वको समापनपछि सकिने कम्पनीले जनाएको छ। ‘चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एकपटक, दुईपटक मात्र नभएर ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्नेछ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी पनि एक लाख रूपैयाँसम्म जित्न सक्ने र सवारी खरिदमा १० लाखसम्म नगद हात पार्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ११ आश्विन २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App