१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर साताको पहिलो दिन नै ओरालो

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ। गत बिहीबारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० बिन्दुमा झरेको हो। 

कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने। साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसूचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो। तेस्रो घण्टामा नेप्से परिसूचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो। 

साताको पहिलो दिन ३०५२.२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ। आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ। आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६० अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ बिन्दुमा पुगेको थियो। 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० बिन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो। साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो। आज भएको कारोबारमा भएका १३ उपसमूह मध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो। यस्तै बैंकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६ , होटल तथा पर्यटन ३१ दशमलव ७१ , बिकाश बैंक ५३ दशमलव १९ , हाईड्रोपावर ८९ दशमलव २६ , नन लाईफईन्स्यारेन्स २५३ दशमलव ०७ , उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २, लाईफइन्स्योरेन्स ३०४ दशमलव २, म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ। तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ।

आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मा खरिद बिक्री भएको छ।

प्रकाशित: १३ भाद्र २०७८ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App