५ वैशाख २०८१ बुधबार
अर्थ

आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ५० अर्ब बढीको आयात

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।

गत आव २०७७/०७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो। सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो।यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। 

गत आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो। गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो। तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो।

गत आव २०७७/०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ। त्यस्तैगरी नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो। गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको छ। एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात भएको छ।

आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा रहेको छ। नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ। एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ। एक महिनाका अवधिमा १०२ देशबाट एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ। तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ।

भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ। भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ। चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ। एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड बराबरको निर्यात भएको छ।

प्रकाशित: ११ भाद्र २०७८ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App