२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिले आमजनताको आत्मबल बलियो बनाएको छ : पूर्व गभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले राहत प्याकेजको काम गर्ने बताएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै उनले कोभिड १९ का कारण संकटमा परेको आर्थिक अवस्था उकास्ने प्रयाशको मौद्रिक नीति आएको बताए। तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उनको जोड थियो। कोभिडको तेस्रो लहरकाबीच शुक्रबार आएको मौद्रिक नीतिले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।  

‘केन्द्रीय बैंक सुविधा र सहुलियत दिने संस्था होईन। सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो। सरकारले हो। त्यो भनेको बजेटमार्फत् नै हो,’ नेपालले भने, ‘अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको छ।’  

केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने र वित्तिय स्थायित्व हेर्ने रहेको बताउदैँ उनले भने, ‘भोलि वित्तीय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिइन्छ। संसारमा अहिले केन्द्रीय बैंकले अप्ठ्यारो परेको के भन्दा कोभिडको बेला अघिल्लो वर्ष राहत ल्यायो, सुविधा ल्यायो, अब त्यो पोलिसीलाई कसरी ब्याक गर्ने त्यो सबभन्दा ठूलो कुरा हो।’  

गत वर्षकै नीतिले चालू आर्थिक वर्षमा पनि निरन्तरता पाएको उनको भनाइ थियो। ‘हामीकहाँ त दोस्रो वर्ष पनि त्यो पोलिसी निरन्तर भयो। यो निरन्तर हुँदा खराब कर्जा बढ्नसक्ने हुन्छ र? कुन क्षेत्रमा कति पैसा गयो भनेर थाहा पाउन गाह्रो हुन्छ। किनभन्दा पोहोर साल मौद्रिक नीतिको टार्गेट २० प्रतिशत थियो, कर्जा विस्तारको लागि, २० प्रतिशत भन्दाभन्दै २६ प्रतिशत भन्दा माथि गयो कर्जा विस्तार, कहाँ गयो त?’

डा. नेपालले पुँजी वृद्धिको कारण जोखिम वहन गर्ने क्षमता वृद्धि भएको स्मरण गराए। उनले सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने धारण राखे। 

प्रकाशित: ३० श्रावण २०७८ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App