९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

चालु आर्थिक २०७८/०७९ वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ। बैठकमा मौद्रिक नीतिलाई अन्तिम रूप दिएपछि दिउँसो सार्वजनिक गर्ने कार्यक्रम छ।

यो वर्षको मौद्रिक नीतिको प्राथमिकतामा वित्तीय स्थायित्व, मूल्य वृद्धिमा स्थिरता, बाह्य क्षेत्रमा सन्तुलन, बैंक तथा वित्तीय संस्थालाई जोगाउने खालका नीति परेका छन्।

साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुन लागेको हो।

प्रकाशित: २९ श्रावण २०७८ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App