३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

फाउन्डेसनद्धारा कम्प्युटर सहयोग

सर्लाहीको सिसौट गाउँपालिका–४ स्थित बागमती माध्यमिक विद्यालयमा पुकु दिदी फाउन्डेसनको सहयोगमा ८ थान कम्प्युटर उपलब्ध गराउनुका साथै र पुकु दिदी पुस्तकालयको स्थापना गरिएको छ। गाउँपालिका अध्यक्ष नीतुदेवी यादवले पुस्तकालयको उद्घाटन गरेकी हुन्।

 नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् । 

कार्यक्रममा नेपाल बैंकका वरहथवा शाखाका प्रबन्धक जीवन गौतमले सामाजिक सेवामा बैंकको योगदान र संलग्नता बारे आफ्नो भनाइ राखेका थिए। फाउन्डेसनले यसभन्दा अघि पनि यस विद्यालयमा विभिन्न सहयोग गर्दै आएको छ। 

प्रकाशित: २८ श्रावण २०७८ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App