९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

मालपोत कार्यालयको राजश्व वृद्धि

मालपोत कार्यालय बैतडीको राजश्व वृद्धि भएको छ। अघिल्लो वर्ष भन्दा गत वर्ष राजश्व वृद्धि भएको हो। गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रुपैयाँ वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिष्ट्रेसन र अन्य विविधबाट ८३ लाख ३६ हजार १ सय १० रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेसन शुल्कवाफत ५ब३ लाख २७ हजार ४ सय १३ रुपैयाँ, पुँजीगत लाभ कर वाफत १३ लाख ४५ हजार ७ सय ४२ रुपैयाँ, सेवा शुल्कबाट १६ लाख ५५ हजार ४ सय ५ रुपैयाँ पूर्जा बिक्रीबाट १ हजार २ सय ५० र बेरुजु असुलीबाट ६ हजार ३ सय रुपैयाँ संकलन गरिएको मालपोत कार्यालय प्रमुख दिलाराम भट्टले बताए।

कोरोनाले लकडाउन हुँदा अपेक्षाकृत राजश्व नउठे पनि अघिल्लो वर्ष भन्दा बढी उठेको उनले जानकारी दिए । जिल्लाका सबै स्थानिय तहमा सडक संजालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिनको कारोबारमा वृद्धि भइरहेको छ।  

प्रकाशित: २५ श्रावण २०७८ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App