२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती जडान

कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका, वडा नम्बर १, नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी सञ्चालन गरेको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको जनाएको छ। उक्त ट्राफिक संकेत बत्ती हस्तान्तरणपछि बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रूपमा ट्राफिक संकेत बत्तीको सञ्चालन शुभारम्भ गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १७ श्रावण २०७८ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App