१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन  गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हाँसिल गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए।अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ।

अघिल्लो वर्ष कार्यालयले  तीन अर्ब एक करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो। उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए।  

प्रकाशित: २ श्रावण २०७८ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App