६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्वकप

 उद्यमशीलता विश्वकप यही असार २५ गते भर्चुअल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरिएको छ। उक्त कार्यक्रममा उत्कृष्ट १४ अन्तिम चरणका प्रतियोगीले आफ्ना आइडिया छनोट समितिमा राखेका थिए। जसमध्येबाट उत्कृष्ट नौ विशेष स्टार्टअप फाइनलका लागि छानिएका छन्।  

छानिनेमा अफरमाण्डू, प्याड टू गो, निर्माण, लिफ प्लस प्रालि, प्लाज्माड इन्टरप्राइज, जिवी हेल्थ प्रालि, चेली नेपाल, वर्कहब र द ग्रिन रोड छन्। उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीले छनोट समितिबाट अन्तिम चरण पूरा गरेका थिए, जसमा विजेता, फस्र्ट रनरअप र सेकेन्ड रनरअप घोषणा गरिएको थियो।

नेपाल–भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट नौमध्ये भुटानको कम्पनी द ग्रिन रोड विजयी भएको छ। उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी हो। यसले खेर गएको प्लास्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गर्दै आएको छ। अहिलेसम्म सो प्रविधिबाट सय किलोमिटर सडक कालोपत्रे भएको छ र पाँच सय ४० टन खेर गएका प्लास्टिक प्रयोग गरिएको छ।

त्यसैगरी फस्र्ट रनर–अपमा जिवी हेल्थ छ। यसले स्वास्थ्यसम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारात्मक काम गरिआएको छ। सेकेण्ड–रनरअपमा लिफ प्लस नामक कम्पनी छ। सो कम्पनी वातावरण तथा समाजमा उल्लेखनीय काम गर्दै महिला र विपन्न किसानको उत्पादकत्व वृद्धि तथा प्रवद्र्धनमा संलग्न रहेको बताइएको छ।

प्रतियोगिताको विजेताले विश्व प्रतियोगितामा भाग लिन पाउनुको साथै १० लाख अमेरिकी डलर नगद पाउनेछन्। साथै थप लगानीका अवसरको लागि सात लाख ५० हजार डलर सहयोग प्राप्त हुनेछ।  

प्रकाशित: २९ असार २०७८ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App