३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको इजी बैंक सेवा

सिद्धार्थ बैंक लिमिटेडले सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहेर इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधा एकै ठाउँमा संकलित गरिएकाले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरू सहजताका साथ छनोट गर्न सकिने जनाएको छ। इजी बैंकको प्रयोग गरीे अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ। यो सेवा कोभिड–१९ महामारीको अवस्थामा ग्राहकका लागि सुरक्षाको दृष्टिकोणले अझ बढी लाभदायक रहने बैंकले जनाएको छ।  

प्रकाशित: १८ असार २०७८ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App