अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा युथ ट्रेनिङ क्याम्प लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न भएको छ।
क्याम्पमा पाराका २ सहित १६ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव कुँवेर सिंहले जनाएका छन्। सहभागीलाई नविता श्रेष्ठ, मोहनदास बासुकला र प्रज्ज्वल श्रेष्ठले प्रशिक्षण दिएका थिए। सन् २०२४ को आईटीटीएफ सहभागिता कार्यक्रमको राष्ट्रिय परियोजनाअन्तर्गत क्याम्प सञ्चालन गरिएको महासचिव सिंहले जानकारी दिए।
पुरुषमा गनन्जय दाहाल, सार्थक मानन्धर, आर्यन शाही, एलेन महर्जन, रिजन शाक्य, हिमाल विष्ट र रिभानमुनि वज्राचार्य सहभागी थिए।
महिलामा सुस्मिता खड्का, योङ्गी पौडेल, दिया देउला, नर्मदा खाइतु, क्यारिना सुवाल, सुरम्य शाक्य र प्राज्णा महर्जनले भाग लिएका थिए। पारामा पूजा सोती र अनु थापाको सहभागिता थियो।
साताव्यापी क्याम्पका सहभागीलाई टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे।
प्रकाशित: ३ मंसिर २०८१ २०:१६ सोमबार