११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आर्थिक विधेयक सर्वसम्मतले पारित

प्रदेश १ को सरकारले ल्याएको आर्थिक विधेयक सर्वसम्मतले पारित भएको छ। प्रदेश १ को बुधबारको प्रदेशसभा बैठकले अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो।

आर्थिक विधेयक पारित भएसँगै सरकारलाई  आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ।  

विधेयक माथिको छलफलमा भाग लिंदै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रदेश संघीय सरकारमा परनिर्भर बनेको बताए। उनले प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिन सरकारको ध्यानकर्षण गराए। ‘प्रदेश सरकार संघीय सरकारको निगाहामा मात्रै चलिरहेको देखिएकाले प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यानाकर्षण  गराउँछु।’ यादवले विगतकै बजेटका शीर्षकहरुलाई यो वर्ष पनि कपीपेष्ट गरिएको टिप्पणी गरे।

प्रदेश सरकारले बजेटमा जनतालाई कर तिर्नका लागि अभिप्रेरित गर्ने कार्याक्रम ल्याउन नसकेको यादवको गुनासो छ। आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङबुहाङले प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताए। उनले करको दायरा बढाउने विषयमा विज्ञ टोली बनाएर अध्ययन गरी  अघि बढ्ने तयारी गरिएको जानकारी दिए। यसपटकको  नीति तथा कार्यक्रममा दोहरिएका पुराना शीर्षकहरुको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।मन्त्री आङबुहाङले पुनरावृत्तिका कुराले नविनतम कुरा आउन सक्ने बताए। 

प्रकाशित: ९ असार २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App