१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एक वर्षभित्र सुरक्षित साइबरस्पेस निर्माण गर्न सुझाव

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालले संयुक्त रूपमा एक वर्षभित्रै सुरक्षित एवं लचिलो साइबरस्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा आफ्नो राय दिँदै तीनवटै संस्थाले साइबर सुरक्षाजस्तो संवेदनशील विषयमा जतिसक्दो चाँडो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेका हुन्।  

नीतिको मस्यौदामा सुरक्षित साइबरस्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ। त्यसैगरी, नीति कार्यान्वयनका लागि एक वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई तीन महिनामा झार्न सुझाइएको छ।  

तीनवटै संस्थाका सदस्य सहभागी प्रतिनिधिमण्डलले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई लिखित रूपमा सुझाव हस्तान्तरण गरेको हो। नीतिमाथि मन्त्रालयले माग गरेको सुझाव तथा पृष्ठपोषणका लागि सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ एवं व्यवसायी तथा क्यान महासंघका विषयगत सदस्य संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहितको प्रतिनिधिमण्डलले संयुक्त रूपमा राय दिएको हो।

प्रकाशित: ६ असार २०७८ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App