९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

मेरी संगिनी परिवार योजनाको एप

नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ। अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनबारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको हो।

मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन र तिनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरको समेत जानकारी प्रजनन उमेरको जो कोहीलाई उपयोगी हुने भए पनि विशेष गरी किशोरकिशोरी र नवविवाहित जोडीलाई अत्यन्त उपयोगी हुने कम्पनीको विश्वास छ।  

एपमा रहेको ‘प्रायः सोधिने प्रश्नहरू’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्तालाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्तालाई साधनको सुसूचित छनोट गर्न मदत गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १ असार २०७८ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App