६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ मस्यौदामा सुझाव

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।  

संस्थाले अहिलेको विषम परिस्थितिमा ‘डिजिटल नेपाल’ निर्माणलाई थप सबल बनाउन नेपाल सरकारको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदा असाध्यै स्वागतयोग्य रहेको जनाउँदै मन्त्रालयबाट उपरोक्त मस्यौदाउपर राय, सुझाव, पृष्ठपोषण गर्न संस्थाका प्रतिनिधिबीच गहन छलफल गरी सुझाव तयार पारेको छ।

उक्त राय सुझाव संकलन कार्यका लागि प्रस्तावक तथा प्रस्तुतकर्ता सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनको तर्फबाट विशेष सल्लाहकारका रूपमा अध्यक्ष सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी र मुख्य सहजकर्ताका रूपमा महासचिव शालीग्राम पराजुली रहेका थिए। साथै राय सुझाव संकलन गर्न गठित टिममा उपाध्यक्ष मिलनराज नेपाली संयोजक, उपाध्यक्ष रोजाकिरण बासुकला सदस्य, कार्यसमिति सदस्य शिला कंसाकार कार्की सदस्य, कार्यसमिति सदस्य रेगबहादुर भण्डारी सदस्य, कार्यसमिति सदस्य तेजप्रसाद धमला सदस्य, कार्यसमिति सदस्य गंगा भण्डारी–सदस्य र कार्यसमिति सदस्य आभास अधिकारी सदस्य रहेका थिए।

नेपाल सरकारलाई सूचना प्रविधि क्षेत्रमा तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सम्पूर्ण खालका सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा सम्बन्धी कार्यक्रमको लागि आवश्यक सूचना प्रविधि विशेषज्ञ जनशक्तिहरू उपलब्ध गराई समर्थन, सहकार्य तथा सहयोग गर्न यस संस्था सदैव तयार रहेको प्रतिबद्धता जनाउँदै सूचना सञ्चार तथा प्रविधिमा साइबर सुरक्षाको लागि निम्नानुसारका संलग्न राय सुझाव नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरेको संस्थाले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App