५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सभा

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका छन्।  

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा विभिन्न बिमा व्यवसाय अन्तर्गत एक अर्ब ९६ करोड ३९ लाख बिमाशुल्क आर्जन गरेकोे र यस आर्थिक वर्षमा दुई अर्ब एक करोड रूपैयाँभन्दा बढी बिमाशुल्क आर्जन गरेको सभामा जानकारी गराइएको छ। सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App