२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होन्डा सिबी ३५० डिएलएक्स नेपालमा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सिबी ३५० डिएलएक्स लन्च गरेको छ। 

कम्पनीका अध्यक्ष सौरभ ज्योतिले युटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत उक्त बाइक सार्वजनिक गरेका हुन्।यो बाइक पनि नेपाली बाइकरको मनमा छुट्टै स्थान बनाउन सफल हुनेमा होन्डा विश्वस्त रहेको कम्पनीले जनाएको छ। रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूको लागि निर्मित यस बाइकमा ३५० सिसीको इन्जिन रहेको छ। 

आधुनिक विशेषतायुक्त यो बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्ल्याक गरी ३ विभिन्न रंगमा उपलब्ध छ। नेपाली बजारमा सिबी ३५० डिएलएक्सको मूल्य सात लाख ५० हजार रूपैयाँ तोकिएको छ। 

प्रकाशित: २६ जेष्ठ २०७८ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App