२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन्: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने धारणा दोहोर्‍याएका छन्। यसमा दुविधा र अन्योल नराख्न अनुरोध गर्दै उनले बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरे।

अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि पौडेलले साउन १ देखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए। 

अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरूको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए। 

प्रकाशित: २६ जेष्ठ २०७८ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App