१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआइसीमा अनलाइन खाता खोल्ने प्रतिस्पर्धा

एनआइसी एसिया बैंकले महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। असार १९ सम्म सञ्चालन हुने प्रतियोगितामा सबभन्दा कम समयमा अनलाइन खाता खोल्ने एकजनालाई आइफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुईजनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ।

योजनामा सहभागी हुनेले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्ने छ।  

साथै, प्रतियोगितामा सहभागी हुन बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने, एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप एकदेखि सबमिटेडसम्म देखिने गरी स्क्रिनसट लिनु पर्नेछ। त्यस्तै, बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोस्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखी पाँचजना साथीलाई ट्याग गरी उक्त स्क्रिनसट समेत पोस्ट गर्नुपर्ने बैंकले जनाएको छ। सहभागीलाई बैंकले उल्लेख गरेका अन्य चालेन्जसमेत पूरा गर्न अनुरोध गरेको।

प्रतियोगिता अवधिभर हरेक साता दुई/दुईजना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जना छनोट गरी बैंकले प्रत्येकलाई एक/एकवटा स्मार्टवाच प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजनालाई आइफोन–१२ प्रदान गरिने योजना बैंकको छ। 

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App