९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

युएनडिपी र एनसेलबीच साझेदारी

एनसेल आजियाटा लिमिटेडले नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग साझेदारी गरेको छ। युएनडिपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागाङोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले सो साझेदारीमा हस्ताक्षर गरेका हुन्।

साझेदारीमार्फत साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिनेछ। सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरणमैत्री जीवन पद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको सुरु भएको हो। सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय रहेको छ। 

‘विश्व वातावरण दिवस २०२१’ को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्र अन्तर्गत युएनडिपी र एनसेलले आफ्नो व्यावसायिक-सामाजिक जिम्मेवारी (सिएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन्। अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

मानिसलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App