७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेप्सेमा अर्को कीर्तिमान एकै दिन १७ अर्बको कारोबार

कोरोना महामारीमा नयाँनयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले बिहीबार पनि सोही लय पछ्याएको छ। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत निकायले अल्पकालीन कारोबारलाई कडाइ गर्न निर्देशन दिए पनि नेप्सेको वृद्धि कायमै छ। साताको अन्तिम कारोबार दिन सेयर बजार मापक परिसूचक नेप्से २९.६४ ले बढेर २८५६.७७ बिन्दुमा पुग्यो। यो अहिलसम्मकै उच्च हो।  

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.९६ ले बढेर ५१३.१२ बिन्दुमा पुगेको छ। यस दिन १६ अर्ब ९० करोड ७० लाख रूपैयाँको सेयर कारोबार भयो। साताको अन्तिम दिनको कारोबारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण देखिएको छ।  

कारोबारमा आएका १३ उपसमूहमध्ये नौ उपसमूहको सूचक सकारात्मक देखिए। यसदिन बैंकिङ उपसमूहको सूचक २.७१ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स उपसमूहको सूचक क्रमशः ३.७२ र ३.३४ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूहको सूचक भने २.०४ प्रतिशतले घटेको छ। यसअघि हाइड्रोपावर उपसमूहको सूचक बढ्ने गरेको थियो।  

बैंक, बिमा क्षेत्रमा हडताल गर्न नपाइने

सरकारले बैंक, बिमालगायतका क्षेत्रलाई अत्यावश्यक घोषणा गर्दै ती क्षेत्रमा हडताल गर्न नपाइने नियम बनाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै बैंक, बिमा, इन्टरनेट, अस्पताल, होटल, विमानस्थल लगायत सेवालाई अत्यावश्यक सूचीमा समावेश गरेको छ। राजपत्रमा प्रकाशित २५ सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै हडताल गर्न निषेध गरेको उल्लेख छ। अत्यावश्यक सेवा सूचीकृत क्षेत्रमा हडताल भएको अवस्थामा कारबाही हुने बताइएको छ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App