४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युनिलिभर समेतको सहकार्यमा धौलागिरिको फोहर संकलन र प्रशोधन

युनिलिभर नेपालले विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको जनाइएको छ। जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुको असमायिक मृत्युको कारक बनिरहेकोे जनाउँदै त्यसले हिमालको सुन्दरतालाई नष्टसमेत पारिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त अभियानअन्तर्गत धौलागिरी हिमालबाट पाँच हजार २० किलो फोहोर संकलन गरिएको मध्ये सड्ने–कुहिने तीन सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको छ भने नकुहिने चार हजार सात सय २० किलो फोहर पुनः प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App