१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले माग्यो सेयर ऋण विवरण, तीन वर्षअघिको नीति पुनः लागू गर्ने गृहकार्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग सेयर धितोको विवरण माग गरेको छ । सेयर धितो कर्जा सस्तो र सजिलै प्रवाह हुन थालेर बजार अस्वाभाविक बढ्न थालेपछि राष्ट्र बैंकले सुपरिवेक्षण विभागहरुमार्फत सेयर धितो कर्जाको विवरण मागेको हो।आर्थिक तथा व्यावसायिक गतिविधिबिनै सेयर बजार तीव्र रुपमा बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाको ऋण जोखिममा पर्न सक्ने आशंकामा राष्ट्र बैंकले पहिलो चरणमा विवरण मागेको हो । राष्ट्र बैंकले ऋण विवरण अध्ययन गरिसकेपछि जोखिममा आधारित निर्देशन दिने छ ।

'सेयर बजार अस्वाभाविक रुपमा बढिरहेको छ,' राष्ट्र बैंक प्रवक्ता भास्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'लगानीकर्ताले हल्लाको भरमा नलागी बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था हेरेर लगानी गर्नुपर्छ । नभए लगानी जोखिममा पर्न सक्छ ।'

उनले सेयर बजारको अस्वाभाविक वृद्धिलाई केन्द्रीय बैंकले नजिकबाट अनुगमन गरिरहेको जानकारी दिए । उसले सेयर बजार अस्वाभाविक बढ्ने क्रमले केही दिन निरन्तरता पाए बैंक तथा वित्तीय संस्थाको ऋण जोखिममा पर्नबाट जोगाउन आवश्यक निर्देशन दिने गृहकार्यसमेत थालिसकेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार, आर्थिक गतिविधिबिना सेयर बजार बढ्दा बैंकको ऋण जोखिममा पर्ने आँकलन गर्दै तीन वर्षअघि लिएको नीति पुनः लागू गर्ने गृहकार्य भइरहेको छ । 'सेयर धितोमा कर्जा दि"दा बजार मूल्यको ६० प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गर्नेबारे गृहकार्य सुरु भएको छ,' स्रोतले भन्यो, 'अन्तिम मस्यौदाबारे छलफल भइरहेको छ ।' राष्ट्र बैंकले अहिले बैंकहरुलाई जोखिम हेरी लगानी गर्न सक्ने अधिकार दिएको छ ।

पछिल्लो समय सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाएपछि राष्ट्र बैंक झस्केको हो । सेयर बजार अस्वाभाविक रुपमा घटेपछि सरकार तथा निजी क्षेको आग्रहमा राष्ट्र बैंकले सेयर धितो कर्जा बैंक आफैंले जोखिम मूल्यांकन गरेर दिन सक्ने व्यवस्था गरेको थियो ।

पुँजीगत लाभकरको सीमा कटौती, स्रोत खोज्ने व्यवस्थामा खुकुलोपन र संस्थागत लगानीकर्तालाई सुविधा दिएपछि पछिल्लो समय सेयर बजारमा सुधार आउन थालेको थियो । निर्वाचन हुने पक्का भएपछि बढ्न थालेको सेयर बजारमा निर्वाचनपछि तीव्र वृद्धि देखिएको छ ।

सेयर बजार सूचकमा वृद्धि साथै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दैनिक औसत ५० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुन थालेको छ । निर्वाचनपछि मात्र बजार २ सय अंकभन्दा बढीले माथि चढिसकेको छ । बैंकहरुले अन्य Ôेत्रमा लगानी गर्न नसक्दा सेयरमा धमाधम ऋण दिइरहेका छन् । सेयर कारोबार रकम र परिसूचक उकास्न यसले मद्दत गरेको छ ।

सेयर बजार ६ वर्Èयताकै न्यून बिन्दुमा झरेपछि अर्थ मन्त्रालयले पनि बजार उकास्न चासो राखेको थियो । लगानीकर्ताको दबाब र बजार बढाउन सरकारले नीति लिएपछि राष्ट्र बैंकले कर्जामा लगाएका सबै बन्देज हटाएको थियो । विगतमा सेयर बजार परिसूचक ११७५ अंकमा पुगेर झर्न थालेपछि सेयर धितो कर्जा जोखिममा परेको थियो । जोखिम कम गर्न राष्ट्र बैंकले कर्जामा कडाइ गरेको थियो ।

निर्वाचनपछि सेयर बजारमा आधा अर्ब रुपैया"सम्मको कारोबार हुन थालेको छ भने तीव्र वृद्धिका कारण दिनमा तीनपटकसम्म सर्किट ब्रेकर लगाएर कारोबार स्थगित हुन थालिकेको छ । अन्य लगानीको क्षेत्र नभएपछि बैंकहरुले धमाधम ब्याज घटाएर सेयर धितोमा कर्जा लगानी गर्न थालेका हुन् ।

प्रकाशित: ८ पुस २०७० २३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App