coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मास्टर सेफ सन्तोष साह भन्छन्ः पोखराको खाना साच्चै मिठो छ

पोखरामा खाना पकाउने प्रतिश्पर्धा

पोखराको होटल बाराहीमा शनिबार भएको खाना बनाउने प्रतिश्पर्धा नियाल्दै सन्तोष साह । तस्बिरः सन्तोष पोखरेल÷नागरिक

पोखरामा सयौं होटल तथा रेस्टुरेन्ट संचालनमा छन् । ती होटल तथा रेस्टुरेन्टका लागि आवश्यक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले यहाँ थुप्रै तालिम प्रदायक संस्थाहरु पनि संचालित छन् । तालिम प्रदायक ती संस्थाले होटल तथा रेस्टुरेन्टका लागि चाहिले आवश्यक जनशक्ति उत्पादन गर्दै आएका छन् ।  

तिनै संस्थाहरुले शनिबार खाना पकाउने कलाबारे यहाँ प्रशिक्षार्थीबीच प्रतिश्पर्धा गराएका छन् । प्रतिश्पर्धीको क्षमतालाई बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले मुल्यांकन गरेका थिए । विभिन्न ६ वटा तालिमप्रदायक संस्थाहरुले पहिलो पटक पोखरामा यस्तो प्रतिश्पर्धामा सहभागिता जनाएका थिए ।  

होटल बाराहीमा भएको प्रतिश्पर्धामा लेखनाथ होटल ट्रेनिङ, एभरेस्ट इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट, राइनो होटल ट्रेनिङ सेन्टर, कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रशिक्षार्थी सहभागि थिए । एकघण्टा समय दिएर आफुलाई मन लागेको परिकार बनाएर पस्कने गरि प्रतिश्पर्धा गराइएको थियो । ती प्रतिश्पर्धीले नेपाली खाना पकाएका थिए ।  

प्रतिश्पर्धामा मल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी प्रथम, राइनो होटल टे«निङ सेन्टर दोश्रो र तेश्रोमा हिमालयन कलेज अफ हस्पिटालिटी भएका थिए । प्रतिपश्पर्धाको आयोजना होटल तालिम प्रदायक संघ र सेफ फेडेरेसनले गरेको थियो । नेपाली खानालाई प्रवद्र्धन गर्नका लागि प्रतिश्पर्धा आयोजना गरिएको आयोजकमध्येका हिमालयन कलेज अफ हस्पिटालिटीका संचालक ज्ञानबहादुर रानाले बताए ।

‘हामीले जनशक्ति त उत्पादन गरेका छौ । तर ती जनशक्ति कत्तिको अब्बल रहेछन् भनेर पनि थाहा पाउनु जरुरी थियो,’ रानाले भने, ‘विदेशमा कहलिएका सेफले हाम्रा प्रशिक्षार्थीको मुल्यांकन गर्न पाउनु पनि गर्वको कुरा हो ।’ प्रतिश्पर्धामा उत्रिएका सहभागिको सिकाई अरुका लागि पनि फलदायी बन्न सक्ने उनले बताए । आगामि दिनमा पनि यस्तै प्रतिश्पर्धा आयोजना गर्ने उनले बताए । निर्णायकमा साहसँगै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल पनि थिए ।  

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार पोखरामा होटल तालिम प्रदायक संस्थाले होटल तथा रेस्टुरेन्टका लागि आवश्यक जनशक्ति उत्पादन गरेर सघाउका छन् । पोखरामा यस्ता तालिम प्रदायक संस्था १८ वटा छन् । ‘हामीले जनशक्ति आवश्यक परेमा तिनै संस्थालाई भन्छौ, उनीहरुले आवश्यक जनशक्ति हामीलाई उपलब्ध गराउँछन,’ उनले भने, ‘होटल–रेस्टुरेन्ट र कामदारबीच पुलको काम तालिम प्रदायक संस्थाले गरेका छन् ।’

कार्यक्रममा मुख्य निर्णाय बनेका साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता हुन । नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै साहलाई विभिन्न ठाउँमा सम्मान गर्ने गरिएको छ । पोखराका पर्यटन व्यवसायीले पनि साहको सम्मानमा कार्यक्रम राखेका थिए । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भिœयाउन सघाउ पुग्ने साहको भनाई छ ।  

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । साहले पोखराका होटल र रेस्टुरेन्टको खाना गुणस्तरको हिसाबले निकै नै अब्बल रहेको पनि बताए । खानामा मौलिकता थप्ने हो भने पाहुना लोभ्याउन सकिने पनि साहको भनाई छ । पोखराका होटल तथा रेस्टुरेन्टको खाना तथा सरसफाई र स्वच्छता गर्व गर्न लायक रहेको उनले बताए । 

प्रकाशित: २८ चैत्र २०७७ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App