१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बजार पुँजीकरण जिडिपीको हाराहारी

लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा परेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब पुगेको छ।

 यो नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो।  स्टकका अनुसार ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबर बजार पुँजीकरण पुगेको छ। नेप्से र कुल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो। बिहीबार नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ। नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ। कुल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोबार भएको छ।  

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोबार भएको छ।  

प्रकाशित: २७ चैत्र २०७७ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App