१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा डलरको संशोधित मूल्य १ सय ८, भारतमा केही घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रामा आएको उतार चढावका कारण नेपाल राष्ट्र बैंकले आज बिहानै विनिमय संशोधनसहित निर्धारण गरेको छ। आज तोकिएको विनिमय दर अनुसार १ अमेरिकी डलरको मू्ल्य १ सय ८ रुपियाँ ३० पैसा कायम गरिएको छ। डलरको बिक्री मूल्य भने १ सय ८ रुपियाँ ९० पैसा तोकिएको छ।

१ युरोको मूल्य १ सय ४४ रुपियाँ ८५ पैसा तोकिएको छ। पाउन्ड स्टर्लिङको मूल्य १ सय ६७ रुपियाँ ८५ पैसा तोकिएको छ।

उता भारतीय बजार खुल्दा आज डलरको मूल्य केही घटेको छ। बुधबार डलरको मूल्य ६८.८५ भारु थियो। आज बिहान प्रति डलर ६७ भारुमा कारोबार सुरु भएको छ। भारतको केन्द्रीय बैंकले डलरमा इन्धन किन्ने निधो गरेपछि भारुको मूल्यमा केही सुधार देखिएको हो। भारतीय मुद्रामा आएको गिरावट रोक्न केन्द्रीय बैंकले यस्तो पहल गर्न लागेको हो। 

प्रकाशित: १२ भाद्र २०७० २२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App