२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्जवल कसजु

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्जवल प्रसाद कसजु निर्वाचित भएका छन् ।  संघको ६७ औं बार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा कसजु निर्वाचित भएका हुन । नयाँ नेतृत्वका लागि बिहिबार भएको निर्वाचनमा कसजुले ६६२ मत प्राप्त गरी अध्यक्षमा जितेका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी हरिप्रसाद अर्यालले ४८३ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित भएसंगै कसजुले सबैलाइ साथमा लिएर अगाडी बढ्ने र उद्योगी व्यवसायीको समस्या समाधानकालागि पहल गर्ने बताए ।

संघको कोषाध्यक्षमा नविन श्रेष्ठले ६९२ मत ल्याएर निर्वाचित भए । सचिवमा मुक्तिप्रसाद अधिकारीले ५२१ मत ल्याएर निर्वाचित भए । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ,दिपकप्रसाद चापागाई,कृष्ण श्रेष्ठ,मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भए । महिला सदस्य तर्फ जमुना पौडेल र मीना प्रधान बिजयी भएको निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए ।  

संघको नयाँ नेतृत्वका लागि बिहिबार अध्यक्ष, कोषाध्यक्ष, सचिव र खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा निर्वाचन भएको थियो । अन्य पदमा यसअघि नै नर्विरोध निर्वाचित भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराइ निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै एशोसियट सदस्यमा आनन्दप्रसाद वझा,उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय जयसवाल चयन भएका छन् । बाणिज्य तर्फको सदस्यमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका छन् ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App