६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

विराटनगरमा सन्ध्याकालीन बजार लाग्ने

मोरङको कटहरीमा सन्ध्याकालीन साप्ताहिक कृषि बजार (इभिनिङ फ्राइडे मार्केट) सञ्चालन गरिने भएको छ। विराटनगरको सीमामा रहेको कहरीस्थित प्रादेशिक तरकारी बजारमा साप्ताहिक रूपमा सन्ध्याकालीन कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो।  

स्थानी किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्दै कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले बजार सञ्चालनमा ल्याउन लागेको जनाएको छ। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी च्याप्टरले साना किसान तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्य राखिएको विराटनगर च्याप्टरकी सचिव स्वेता तुलाधरले जानकारी दिइन्।  

मञ्चका अध्यक्ष सृजन प्याकुरेलका अनुसार फागुन १४ देखि साप्ताहिक रूपमा साँझ ३ देखि राति ८ बजेसम्म बजार सञ्चालनमा ल्याइनेछ। बजार सञ्चालनको व्यवस्थापनका लागि मञ्चले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघसँग सहकार्य गर्ने सहमति भएको जनाएको छ।

सन्ध्याकालीन बजारमा सागसब्जी, स्ट्रबेरी, मह, नौनी, नेवारी खाजा सेट, क्राफ्टका सामान तथा नेपाल अपांग महिला संघले उत्पादन गरेको वस्तु पनि बिक्रीमा राखिने बताइएको छ। यस्तै सिजन अनुसार स्थानीय जनजातिका मौलिक परिकार पनि यो बजारमा राखिने प्याकुरेलले जानकारी दिए।

प्रकाशित: १३ फाल्गुन २०७७ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App