१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महिला लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिने छ। माघ ३० गतेदेखि सर्वसाधारणका लागि महिला लघुवित्तको आईपीओ विक्री खुल्ला गरिएको थियो।  

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ।  

निष्काशन गरिएको कुल शेयरमध्ये ५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्याइएको छ।  

अहिले यस लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने जनाइएको छ।

 

 

 

प्रकाशित: ५ फाल्गुन २०७७ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App