१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महिला लघुवित्तको आईपीओ निष्काशन हुँदै

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।  

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।  

आईपीओमा छिटोमा फागुन २ गतेसम्म र पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको आवेदन दिन सकिने छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हो।

 

 

प्रकाशित: १९ माघ २०७७ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App