१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआरएनएको विशेष अधिवेशन रोक्न परराष्ट्रमन्त्रीलाई खुलापत्र

गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई खुलापत्र लेखेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गरेका छन्। संयोजक थापाले संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती यही जनवरी २३ र २४ का लागि विशेष अधिवेशन तोेकेकाले सो रोक्नको मन्त्रीलाई अनुरोध गरेका हुन्।  

संयोजक थापाले सो विशेष अधिवेशन अवैध र आपत्तिजनक रहेको बताएका छन्। ‘संघको विधान निर्माण तथा संशोधन नियमावली २०१९ को ३.१ ले संघको विधान संशोधन अन्तर्राष्ट्रिय महाधिवेशनले मात्रै गर्न सक्ने स्पष्ट व्यवस्था गरेको सन्दर्भमा विशेष महाधिवेशनका नाममा विधान संशोधन गर्ने एजेन्डा अघि सार्नु कुनै पनि दृष्टिकोणबाट वैध र सकारात्मक हुनै सक्दैन,’ संयोजक थापाले लेखेको खुलापत्रमा भनिएको छ, ‘हामीले यसअघि नै औपचारिक रूपमा परराष्ट्र मन्त्रालयमा निवेदन समेत दर्ता गराएका छौं। तर माननीय मन्त्रीज्यूले नेतृत्व गरेको र हामी गैरआवासीय नेपालीको प्रत्यक्ष सरोकार रहने मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।’

संयोजक थापाले संघको नवौं अधिवेशन गत २०१९ अक्टोबरको तेस्रो साता काठमाडौंमा भएको थियो। सो अधिवेशनले २०१९/२०२१ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको थियो। सो समितिको कार्यकाल बाँकी रहँदा नै बिनाकारण विशेष अधिवेशन बोलाउनु शंकास्पद भएको बताएका छन्। ‘संघको नियमित अधिवेशन आउन करिब आठ महिना बाँकी हुँदा र पूरै विश्व लगायत नेपालभित्र र विदेश मा रहेका नेपाली पनि कोभिड १९ को चपेटामा परेका बेला किन विशेष अधिवेशनको आवश्यकता पर्‍यो?’ थापाले खुलापत्रमा भनेका छन्, ‘यसको उत्तर विशेष अधिवेशनको तयारी गर्ने पदाधिकारीसँग समेत छैन।’ 

प्रकाशित: ६ माघ २०७७ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App