१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्वाेत्तम सिमेन्ट सेयर जारी गर्ने तयारीमा

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारी गरेको छ। नेपालमा अहिलेसम्म बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिएको छैन। बुक बिल्डिङ भनेको बजारले तय गरेको मूल्य अनुसार सार्वजनिक निष्कासन गर्न पाउनु हो। यद्यपि नियामक निकाय धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न दिने÷नदिनेबारे अहिलेसम्म यकिन भइसकेको छैन।  

यसअघि शिवम् सिमेन्टले प्रिमियम मूल्यमा दुई सय रूपैयाँ थपेर सेयर निष्कासन गरेको थियो। त्यस्तै, चन्द्रागिरी हिल्सले एक सय रूपैयाँमा नै सेयर निष्कासनको तयारी गरेको छ। बुक बिल्डिङ विधिबाट सेयर निष्कासनका लागि सर्वोत्तमले माघ ६ गते साधारणसभा बोलाएको छ। साधारणसभाको निर्णयपछि सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन गर्ने कम्पनीले जनाएको छ। २०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता सेयर निष्कासनको तयारी गरेको छ। चालु आर्थिक वर्षभित्र सेयर निष्कासन गरी कम्पनीले लिएको कर्जा तिर्ने र उद्योगमा थप लगानी गर्ने योजना छ। बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न कम्पनी लगातार तीन वर्ष नाफामा गएको हुनुका साथै प्रतिसेयर नेटवर्थ एक सय ५० रूपैयाँभन्दा बढी हुनुपर्छ। भिआरएम प्रविधि प्रयोग गरेको उक्त कम्पनीको दैनिक उत्पादन क्षमता ६० हजार बोरा छ। कम्पनीको क्लिंकर उद्योग पनि आफ्नै छ।

प्रकाशित: १९ पुस २०७७ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App