४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

तमोर नदीमाथि दुईवटा मोटरेबल पुल बन्दै

मोटरेबल पुलको शिलान्यास गरिँदै । तस्बिर : नागरिक

२०७८ सालको सुरुआतबाटै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका बीच भइ बग्ने तमोर नदी अस्थायी काठेपुल बिस्थापन हुने भएका छन्। त्यहाँ एकसाथ दुईवटा मोटरेबल पुल(बेलि ब्रिज)निर्माण हुन थालेपछि सवारी तार्नका लागि हिउँद भरीमा बनाइने काठेपुल बिस्थापन हुने छ भने बाह्रैमास सवारी आवतजावत गर्ने अवस्था बन्दै गएको छ। त्यहाँ बन्न लागेका दुई ठूला जलविद्युत परियोजनाको प्रवद्र्धक रेमिट हाईड्रो लिमिटेडले फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकको रानीपुल तथा वडा नं ६ लेलेप जोड्ने ठाउँ र वडा नं ६ हान्द्रुङ र सेकाथुम घुन्सा जाने बाटोतर्फ तमोर नदीमा दुईवटा मोटरेबल पुल ( बेलि ब्रिज) निर्माण गर्न थालेको हो।

रेमिट हाईड्रो नेपाल सरकारको ५१ प्रतिशत शेयर स्वामित्व रहेको जलविद्युत आयोजना हो। ४९ प्रतिशत शेयर लगानी स्थानीयको हुने आयोजनाले बताएको छ। फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष छोवाङ(चन्द्र)शेर्पाका अनुसार ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दुबै पुलको शिलान्यास गरेका छन्। एचएसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल, रेमिट हाईड्रोका प्रमुख कार्यकारी अधिकृत नगेन्द्रप्रसाद ज्ञवालीसहितको उपस्थिति र वडाध्यक्ष शेर्पाको अध्यक्षतामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। ईलाइट जे.भि.कष्ट्रक्सनले करिब २२ करोडको लागतमा आउँदो चैत भित्रै सम्पन्न गरी दुबै पुल आयोजनालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए।  

उनका वडाध्यक्ष शेर्पाका अनुसार यो पुल बनेपछि फक्ताङ्लुङ गाउँपालिकाको माथिल्लो क्षेत्र लेलेप, सेकाथुम, घुन्सा, लुङ्थुङ र ओलाङचुङगोलाका बासिन्दाले तमोर नदीका कारण सडक पुगेको क्षेत्रसम्म सवारी लैजान नसक्ने अवस्थाको अन्त्य हुने छ। फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपमा नेपाल सरकारको स्वामित्वका दुई ठूला परियोजना छन्। ७७.५ मेघावाट क्षमताको जलविद्युत आयोजना घुन्साखोलाबाट र ७१.१ मेघावाट क्षमताको अर्को आयोजना सिम्बुवा खोलालाई आधार मानेर उत्पादन हुने छ।

प्रकाशित: २ पुस २०७७ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App