४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीसँग निजी क्षेत्रको गुनासो : चन्दा आतंक बढ्यो

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङक बढेको गुनासो गरेका छन्।  

बुधबार साँझ प्रधानमन्त्री ओलीसँग बालुवाटारमा औपचारिक भेटवार्ता गर्दै उनीहरुले यस्तो गुनासो गरेका हुन्। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको बताएका थिए।  

अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको प्रधानमन्त्रीलाई बताए।  काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव उनको थियो। बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रम ल्याउनले उनले जोड दिए।  सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गरे।  

 

प्रकाशित: २५ मंसिर २०७७ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App