२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्स १२ वर्षमा

रिलायन्स फाइनान्स लिमिटेड १२औं बर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले नयाँ १० वटा शाखा सञ्चालनमा ल्याएको जानकारी दिए । 

कम्पनीले सितापाइला, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखाको डिजिटल माध्यमबाट उद्घाटन गरेको जनाएको छ । 

उक्त अवसरमा कम्पनीले साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिकालाई आवश्यक पर्ने भौतिक सामग्री वितरण, तथा अन्य संस्थासँगको सहकार्यमा माइती नेपाल काठमाडौंलाई लत्ताकपडा वितरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले विभिन्न सरकारी, गैरसरकारी तथा निजी कम्पनीमा कार्यरत कर्मचारीको लागि रिलायन्स स्वाबलम्बी पेरोल सेभिङ एकाउन्टसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित: १९ मंसिर २०७७ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App